राप्रपाको वडा, गाउँ, नगर आधिवेशन आजदेखि सुरु

राप्रपाको वडा, गाउँ, नगर आधिवेशन आजदेखि सुरु

  • शुक्रबार, माघ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ, ७ माघ ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा, गाउँ, नगरको अधिवेशन आजदेखि सुरु भएको छ । पार्टीको आसन्न महाधिवेशनका लागि देशभर सुरु भएको अधिवेशन यही माघ १५ गतेसम्म जारी रहनेछ ।

वडा, गाउँ, नगरको अधिवेशन सम्पन्न भएपछि माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै दिनमा क्षेत्रीय अधिवेशन तथा माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गरिने कार्यक्रम तय भएको छ ।

आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा वडा, गाउँ, नगर, क्षेत्र तथा जिल्ला अधिवेशनबाट प्रतिनिधि छनौट गरिने पार्टी नेता देवेन्द्र प्रधानले जानकारी दिनुभयो ।

देशभर साधरण सदस्यता वितरण तथा तल्लो तहदेखि प्रतिनिधि छनौटका लागि प्रक्रिया सुरु भइसकेको छ । फागुन २ गतेसम्म देशभरबाट प्रतिनिधि छनौट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने छ ।

राप्रपा तथा राप्रपा नेपालबीच एकीकरण भएपछि पहिलो पटक हुन लागेको उक्त महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५०१ सदस्य रहेको एकता महाधिवेशन व्यवस्थापन मूल समारोह समिति गठन भइसकेको छ ।

सो समितिलाई सहयोग गर्नका लागि विभिन्न १२ उपसमिति गठन भई तयारीका लागि विभिन्न चरणका कार्य सुरु भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ