नेपालमा चिनियाँ लगानीका लागि बेइजिङस्थित दूतावासको पहल

नेपालमा चिनियाँ लगानीका लागि बेइजिङस्थित दूतावासको पहल

  • शुक्रबार, माघ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ ७ माघ ।  

बेइजिङस्थित नेपाली दूतावासले नेपालमा चिनीयाँ लगानी भित्र्याउन पहल सुरु गरेको छ । नेपालमा चिनियाँ लगाानीकर्ताहरुलाई आकर्षित गर्ने उदेश्यले दुतावासले पहिलो पटक चिनीयाँ लगानीकर्ताहरुसँग अन्तरक्रिया गरेको छ ।

दूतावासको सभाकक्षमा बिहिबार सम्पन्न भेलामा विभिन्न १२ वटा चिनियाँ लगानी कम्पनीका २२ प्रतिनिधि सहभागी रहेका थिए । सो क्रममा चीनका लागि नेपाली राजदुत लिलामणि पौडेलले नेपालमा चिनीयाँ लगानीको सम्भावना, लगानी सुरक्षा लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

आगामी फागुनमा नेपालमा हुने लगानी सम्मेलनमा सहभागी हुनका लागि चिनियाँ लगाानीकर्ताहरुलाई आह्वान गर्दै चीन स्वशासित तिब्बतको सीमा क्षेत्रमा सडक सन्जालबाट सम्पर्क विस्तार भइरहेकाले चिनियाँ प्रविधि र पुँजी नेपालमा लगानीका लागि उत्तम विकल्प रहेको पौडेलले बताउनु भयो ।

सो क्रममा दुतावासका काउनिसलर हरिश्चन्द्र घिमिरेले नेपालको पर्यटन सम्बन्धी श्रव्य दृश्य सामग्री प्रस्तुत गर्दै चिनियाँ लगानीकर्ताका लागि नेपाली पर्यटन सुनौलो अवसर रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी