माघ ७ काठमाण्डौं । दागंको लक्ष्मीपुरमा सञ्चालित पानी अभियानका लागि क्यानडा बस्दै आएका सुरेस रजौरेले आफ्नो बैबाहिक जीवनको वार्षिकोत्सवको अवसर पारेर एक लाख रुपैया सहयोग दिने घोषणा गरेका छन् ।
दाग हलवारका उनी केही वर्ष देखि क्यानडामा रहदै आएका छन् । उनकी श्रीमति सृजना रजौरे र उनले अभियानकर्तालाई उतैबाट जानकारी दिएका हुन् ।
पानी अभियानका लागि अहिले सम्म २७ लाख रुपैया देश विदेशबाट संकलनको प्रतिवद्धता आईसकेको अभियानकर्ताहरुले जनाएका छन् ।
अभियानले लक्ष्मीपुरका ८ सय घर धुरीलाई खाने पानी र सिचाई पुर्याउने लक्ष्य सहित यो अभियान चलाएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline