काठमााडै ७ माघ ।
गोरखाको मसेल ९ स्थित दुल्लभ क्याम्पस परिसरमा शौचालय बनाउन खाल्डो खन्ने क्रममा सकेट बम फेला परेको छ । उक्त बम द्वन्द्वकालमा लुकाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
बिहीबार दिउँसो खाल्डो खन्ने क्रममा कामदारले तारसहितको बम देखेपछि प्रहरीलाई खबर गरेका हुन् । बम फेला परेको स्थान सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रहरीचौकी घ्याम्पेशालबाट खटिएका प्रहरीले बम रहेको स्थान सुरक्षित राखेको र बम निष्क्रिय गर्न आज गोरखास्थित रणसिंह दल गणका नेपाली सेना तयारी भएको प्रहरीले जनाएको छ ।
सदरमुकामबाट ३० किमी टाढाको दूरीमा रहेको हाल क्याम्पस रहेको उक्त स्थानमा द्वन्द्वकालमा सेनाको ब्यारेक रहेको थियो । बम फेला परेपछि शौचालयको खाल्डो खन्ने काम रोकिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline