खुकुरी च्यालेन्ज कपमा रोयल पिसीको जित

खुकुरी च्यालेन्ज कपमा रोयल पिसीको जित

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, ६ माघ ।

खुकुरी च्यालेन्ज कप क्रिकेट–२०१७ प्रतियोगिता अन्तर्गत आज भएको खेलमा रोयल पिसी फाइटर विजयी भएको छ ।

भक्तपुरस्थित वीरेन्द्र सैनिक महाविद्यालयको मैदानमा आज भएको खेलमा रोयलले कुपन्डोललाई १२४ रनको भारी अन्तरले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको रोयलले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै २१९ रनको योगफल बनाएको थियो दुई सय २० रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको कुपन्डोल १९ ओभरमा ९५ रन जोड्दै अल आउट भयो ।

रोयलका जितमा इन्द्रकाम मानन्धरले सर्वा्धिक ५६ रनको योगदान दिए । त्यस्तै रवीन जोशीले ४१ तथा नरेश चन्दले ३८ रनको योगदान दिए ।
यता कुपन्डोलका लागि भने अरविन चौधरीले ३२ तथा अजय ठाकुरले २१ रन जोड्नेबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रर्दशन गर्न सकेनन् ।
कुपन्डोललाई कमैमा जित्ने क्रममा रोयलका सन्दीप जोरा एक्लैले पाँच विकेट लिए भने इन्द्रकामले दुई विकेट लिए । सो जितसँगै दुई खेल खेलेको रोयलले चार अङ्क जोडेको छ भने एक खेल खेलेको कुपन्डोल अङ्कविहीन छ ।
खुकुरी इनटीको आयोजनामा भएको उक्त प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत १६ टोलीले प्रतिस्पर्धा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी