राष्ट्रिय भलिबल तथा दौड प्रतियोगिता माघको तेस्रो र पाँचौँ हप्ता हुने

राष्ट्रिय भलिबल तथा दौड प्रतियोगिता माघको तेस्रो र पाँचौँ हप्ता हुने

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, ६ माघ ।
यहि माघ ९ देखि १४ सम्म प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल तथा माघ २९ गते प्रधानसेनापति खुला दौड प्रतियोगिता हुने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेना, खेलकुद विभाग प्रमुख रामकाजी रानामगरले भलिबलमा पाँच विकास क्षेत्रसहित आयोजक आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) आठ टोलीको सहभागिता रहने जानकारी दिनुभयो ।

भलिबलमा प्रथम स्थान हासिल गर्ने टोलीले रु तीन लाख, दोस्राले रु एक लाख ५० हजार तथा तेस्राले रु ७५ हजार प्राप्त गर्नेछन् ।
त्यसैगरी उत्कृष्ट प्रशिक्षक, स्पाइकर, ब्लकर, डिफेन्डर र लिप्टर घोषित हुने खेलाडीले जनही रु १० हजार तथा प्रतियोगितामा सर्वोत्कृष्ट उपाधि पाउने एक खेलाडीले एक थान मोटरसाइल प्राप्त गर्नेछन् ।

त्यस्तै दौडमा बयालिस दशमलव १९५ किमी(म्याराथन), २१ किमि महिला तथा पुरुष हाफ म्याराथन, १० किमि उच्च पदाधिकारीको दौड, पाँच किमी छात्र÷छात्रा र पाँच किमी वाकाथन विधामा प्रतिस्पर्धा हुनेछ ।

म्याराथनमा प्रथम स्थान हासिल गर्ने खेलाडीले रु एक लाखसहित एक थान यामाहा कम्पनीको मोटरसाइकल, दोस्राले रु ५० हजार, तेस्राले रु २५ हजार, चौथाले रु १५ हजार, पाँचौँले रु सात हजार तथा छैटौँले रु पाँच हजार प्राप्त गर्नेछन् ।

हाफ म्याराथुनमा पहिलो हुने खेलाडीले रु २५ हजार, दोस्राले रु १५ हजार तथा तेस्राले रु १० हजार प्राप्त गर्नेछन् । सो विधामा प्रथम हुने महिला खेलाडीले रु २५ हजारसहित एक थान स्कुटर प्राप्त गर्ने्छिन् ।

छात्रछात्रा दौडमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु सात हजार, पाँच हजार र तीन हजार प्राप्त गर्नेछन् । दश किमीको उच्चपदाधिकारीको दौड तथा वाकाथनमा भने नगद पुरस्कार समावेश गरिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी