अझै सम्म पनि निर्वाचन स्मबन्धी काननु बन्न नसक्नु दुखदः कानुन विद

अझै सम्म पनि निर्वाचन स्मबन्धी काननु बन्न नसक्नु दुखदः कानुन विद

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमान्डौ माघ ६ ।
तिन तहको निर्वाचन गराउन आवश्यक पर्ने कानुन अझै सम्म पनि निर्माण हुन नसक्नु दुखद भएको कानुन विज्ञहरुले बताएका छन् ।
अझै सम्म पनि कानुन निर्माण नहुदा निर्वाचन नै अनिश्चित बनेको भन्दै उनीहरुले तत्काल कानुन निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउन सरकारसँग आग्रह गरेका हुन् ।

आगामी २०७४ माघ ७ गतेभित्र तीन तहको चुनाव सम्पन्न गर्नुपर्ने भएपनि निर्वाचनका लागि चाहिने कानुन बन्न नसक्नु दुःखद भएको उनीहरुको प्रतिक्रिया छ ।

नेपाल ल सोसाईटी र दि ओस्लो सेन्टरले आज राजधानीमा गरेको कार्यक्रममा कानुन तथा न्याय मन्त्रालयका सचिव टेक ढुंगानाले संविधानको कार्यान्वयन र यसको प्रभावकारिता बढाउँदै आवश्यक कानुन तत्काल निर्माण गर्नुपर्ने बताउनु भयो ।
यस्तै नेपाल कानुन समाजका अध्यक्ष कोमलप्रकाश घिमिरेले मुलुक संघीय राज्यमा गएको अवस्थामा १ सय १० विषयमा संघीय कानुन आवश्यक हुने बताउनु भयो ।

उहाँले प्रदेश सभाले २२ वटा र स्थानीय सभाले ६ वटा कानुन निर्माण गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा कानुन क्षेत्रसँग सम्बन्धित विभिन्न विज्ञले करीब ६ वटा पुराना ऐन तथा नियमलाई तत्काल संशोधन, पुनरावलोकन गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ