भक्तपुरका चोक गल्ली र खोलामा समेत सिसिटिभि, चोर समाउन प्रहरी सक्रिय

भक्तपुरका चोक गल्ली र खोलामा समेत सिसिटिभि, चोर समाउन प्रहरी सक्रिय

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

भक्तपुर, ६ माघ ।

महानगरीय प्रहरी वृत्त ठिमिले भत्तपुर क्षेत्रमा हुने चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न चोकचोकमा सिसी क्यामरा जडान गर्ने अभियान सुरु गरेको छ ।
दिनदहाडै सडक तथा चोक गल्लीहरुमा चोरी डकैतीमा बृद्धि भएपछि प्रहरीले चोकचोकमा सिसी क्यामरा अभियान सञ्चालन गरेको हो ।
ठिमि प्रहरीले पहिलो चरणमा माघ महिनाभित्र १२ र फागुन दोस्रो साता सम्ममा २० वटा सिसी क्यामरा जडान गर्ने भएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।
अरनिको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि हनुमन्ते पुलसम्मको चोकचोकमा र पुरानो बाटोको बहाखा बजारलगायत मानिसको भीडभाड हुने चोकमा क्यामरा जडानको काम सुरु भएको छ ।
प्रहरीले बैंक सञ्चालकलाई पनि बैंकको बाहिर अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएपछि बैंकले सिसी क्यामरा जडान गर्न थालेका छन् ।
सिसी क्यामरा जडानका लागि प्रहरी वृत्त ठिमिले सहयोग गर्न दातालाई आग्रह गरेपछि मध्यपुर थिमि नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ ।
सिसी क्यामरा जडान सँगै चोरी, डकैती, लुटपाटलगायत अन्य आपराधिक गतिविधिमा न्यूनीकरण आउने र सवारी दुर्घटनाको अवस्थाबारे जानकारी लिने एवम् दुर्घटना गराएर फरार भएका सवारीलाई नियन्त्रण लिन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ