चितवन, ६ माघ ।
पश्चिम चितवनको चनौली नजिकैको भित्री सडकमा आज नम्बर प्लेट नखुलेको गाडिको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
गुञ्जनगरका अन्दाजी ४२ वर्षीय घले सोमे नाम गरेको व्यक्तिको मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
आज बिहान करिब ३ बजे घलेलाई टाउकोमा ठक्कर दिएकोले शवको पहिचान गर्न समस्या भएको उहाले बताउनु भयो ।
गाडी पनि पहिचान हुन नसकेको भन्दै उहाँले अनुसन्धान भइरहेको बताउनु भयो । अहिले प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा पठाइएको र शवको मुचुल्का गरिने जनाइएको छ ।
भित्री सडक र एकान्त ठाउँ भएकाले दुर्घटना भएको र सवारी फरार रहेको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको नाकामा प्रहरी परिचालन गरेर गाडीको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline