गोरखा देखि चीन जोडने सडक नेपाली सेनाले बनाउने

गोरखा देखि चीन जोडने सडक नेपाली सेनाले बनाउने

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमान्डौ माघ ६।
सरकारले नेपाली सेना मार्फत गोरखाको सामागाउँ हुँदै चीनको सीमासम्म सडक खन्ने भएको छ । बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडकखण्ड अन्तर्गत लापुभीरबाट सामागाउँ सम्मको ट्रयाक खोल्ने काम नेपाली सेनालाई दिने टुंगो लागेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट सहित सेनालाई सडक निर्माणको अख्तियारी दिएको रक्षा मन्त्रालयका सहसचीव उत्तमप्रसाद नागीलाले बताउनुभयो ।
बेनीघाटबाट सामागाउँको लार्केभञ्ज्याङ सम्मको सडकको लम्बाई करीब १ सय ८० किलोमिटर हुनेछ । त्यसमध्ये सेनाले १ सय २० किलोमिटर सडकको ट्रयाक बनाउने छ ।
त्यसका लागि चालु आर्थिक वर्ष ३ करोड ५० लाख रुपैया विनियोजन भइसकेको नागीलाले बताउनुभयो । बेनीघाटबाट लापुभीर सम्मको ६० किलोमिटर सडकको ट्रयाक बनाउने काम भने सडक विभाग मार्फत भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ