काठमाडौँ, ६ माघ ।
नेपाल बैंक लिमिटेडले आफ्ना सेयर धनीलाई हकप्रद सेयर दिने भएको छ । प्रति सेयर १०० रुपैयाँका दरले एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
बैंकले हकप्रद सेयर निष्काशनका लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद सेयर निष्काशन बिक्री प्रबन्धकमा नियुक्त गरी सम्झौता गरेको छ । बैंकको ५६ औँ वार्षिक साधारण सभाबाट पारित भएबमोजिम बैंकले आफ्ना सेयर धनीलाई १०ः२.३७४ अर्थात् १०० कित्ता सेयर बराबर २३ दशमलब ७४ कित्ता हकप्रद सेयर दिने छ ।
हाल बैंकको चुक्ता पुँजी रु छ अर्ब ५० करोड रहेको छ भने हकप्रद सेयर निष्काशनपश्चात् बैंकको कुल चुक्ता पुँजी रु आठ अर्ब चार करोड हुनेछ । हाल चुक्ता पुँजीको ६२.२१ प्रतिशत सेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ ।
नेपालको पहिलो उक्त बैंकले बंैकिङ प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरण गरी १३० वटा शाखामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।