मुआब्जा विवादले जताततै सडक विस्तार अलपत्र

मुआब्जा विवादले जताततै सडक विस्तार अलपत्र

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, माघ ६ ।

स्थानीयको निरन्तर अवरोधका कारण उपत्यकाको सडक विस्तार योजना अलपत्र परेको छ । कतै स्थानीयले सीधा अवरोध पुर्‍याइरहेका छन् भने कतै अदालतको स्टे अर्डरका कारण सडक विस्तार अलपत्र परेको छ ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार ढोलाहिटी–सुनाकोठी–चापागाउँ ९७।२ किलोमिटर० सडक, त्रिपुरेश्वर–कालिमाटी–नागढुंगा ९१२ किलोमिटर० सडक, चाबहिल–जोरपाटी–साँखु ९१२ किलोमिटर० सडक, जोरपाटी–गोकर्ण–सुन्दरीजल ९८ किलोमिटर० सडक, कर्मतारा खोला–हरिसिद्धि–ठैब ९४ किलोमिटर० सडकको विस्तार कार्य स्थानीयको अवरोधका कारण अवरुद्ध छ ।

आयोजनाका प्रमुख दीपक केसीका अनुसार केही सडकखण्डमा त स्थानीयले प्रवेशसमेत गर्न दिएका छैनन् । उनले भने, ‘कतिपय ठाउँमा स्थानीयले निरन्तर अवरोध गरिरहेका छन्, कतिपय ठाउँमा अदालतको स्टे अर्डरले रोकिएको छ ।’

आयोजनाका अनुसार ढोलाहिटी–सुनाकोठी–चापागाउँ र जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकखण्डमा स्थानीयले सडक विस्तारमा खटिएका कर्मचारीलाई छिर्न दिएका छैनन् । ढोलाहिटी–सुनाकोठी–चापागाउँँ निर्माणका लागि आठ महिनाअघि नै ठेक्का सम्झौता भएको हो ।

५० करोड रुपैयाँमा निर्माण गर्न लागिएको यो खण्डको निर्माण अवधि २८ महिना तोकिएको छ । तर, आठ महिना बितिसक्दा काममा कुनै प्रगति हुन सकेको छैन ।

त्यस्तै, जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकखण्डको विस्तार कार्य गत साउनबाट सुरु भएको हो । ६० करोड रुपैयाँँमा निर्माण गर्न लागिएको यो खण्ड ३० महिनाभित्र पूरा गर्ने सम्झौता भएको छ । तर, काममा कुनै प्रगति भएको छैन ।

‘ढोलाहिटी–सुनाकोठी–चापागाउँमा मुआब्जा पनि नलिने भन्दै स्थानीयले अवरोध गर्दै आएका छन्,’ आयोजना प्रमुख केसीले भने, ‘जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक खण्डमा कर्मचारीलाई चिनोसमेत लगाउन दिएका छैनन् । उनीहरूले भने चर्को मुआब्जाको माग गरेका छन् ।’

त्रिपुरेश्वर–कालिमाटी–नागढुंगा सडक, चाबहिल–जोरपाटी–साँखु सडक र कर्मतारा खोला–हरिसिद्धि–ठैब सडकखण्डमा भने आंशिक काम भएको नयाँ पत्रिका दैनिकमा खवर छ ।  तर, स्थानीयले ठाउँठाउँमा अवरोध गरेपछि निर्माणकार्य अवरुद्ध भएका छन् । आयोजनाका अनुसार त्रिपुरेश्वर–कालिमाटी–नागढुंगा सडकखण्डमा गुर्जुधारा, सतुंगल, पुरानो नैकाप, नयाँ नैकाप, थानकोट, तिनधारा र कालिमाटीमा अवरोध छ । चाबहिल–जोरपाटी–साँँखुमा भने दक्षिणढोका, थली, खुलालटार र सलम्बुटारमा अवरोध छन् । त्यस्तै, कर्मतारा खोला–हरिसिद्धि–ठैब सडकखण्डका केही स्थानमा पनि स्थानीयको अवरोध छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ