आहा रारा फुटबलमा आज झापा ११ ले अमेरिकी क्लब एनएकोे सामना गर्दै

आहा रारा फुटबलमा आज झापा ११ ले अमेरिकी क्लब एनएकोे सामना गर्दै

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमान्डौ माघ ६।
पोखरामा जारी १५ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज रमपम झापा ११ ले अमेरिका बसोबास गर्ने नेपालीको टिम एनएको सामना गर्ने छ ।

जीत आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल पोखरा रंगशालामा दिउसो हुने छ । प्रतियोगितामा अमेरिका, भारत, बंगलादेश र नेपाली टोली सहित १२ टोलीले सहभागिता जनाएका छन् ।

यस अघि हिजो भएको खेलमा धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । धरानले सशस्त्र प्रहरी बल एपीएफ लाई १ –० गोल अन्तरले स्तब्ध पार्दै प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको हो ।

प्रतियोगिताको विजेता टोलीले पाँच लाख एक हजार नगद तथा उपविजेताले दुई लाख ५१ हजार नगद प्राप्त गर्ने छन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने छ । यस्तै बेस्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइने छ । प्रतियोगिता आगामी माघ १५ गते सम्म सञ्चालन हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी