नेपालले चीन र भारतबीच आर्थिक करिडोरका रूपमा आफूलाई विकास गर्न जरुरी छ : चिनीया थिंक ट्यांक

नेपालले चीन र भारतबीच आर्थिक करिडोरका रूपमा आफूलाई विकास गर्न जरुरी छ : चिनीया थिंक ट्यांक

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमान्डौ माघ ६।
नेपालले चीन र भारतबीच आर्थिक करिडोरका रूपमा आफूलाई विकास गर्न आवश्यक रहेको चिनियाँ थिंक ट्यांकहरूले बताएका छन् । दुई विकसित देशहरूका बीचमा रहेको नेपालले दुवै देशको विकासबाट फाइदा लिनुपर्ने सुझाव उनीहरूले दिएका हुन् ।

दुई विकसित देशहरूका बीचमा रहेको नेपालले दुवै देशको विकासबाट फाइदा लिनका लागि नेपाल चीन र भारत बीचको आर्थिक करिडोर बन्नु पर्ने उनीहरुको सुझाव थियो ।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाको नेपाल कार्यालयले गरेको नेपाल–चीन थिंक ट्यांक सम्मेलनमा सहभागी चिनियाँ विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।
नेपाल दुई देशबीचको आर्थिक करिडोर बन्दा तीनै देशलाई फाइदा पुग्ने उनीहरूको भनाइ छ । ‘हामीले चीन, नेपाल र भारतबीच आर्थिक करिडोर बनाउन सक्छौं, यसबाट तीनै देशका जनताले फाइदा लिन सक्छन,’ चहार इन्स्टिच्युटका अन्तर्रा्ष्ट्रिय सल्लाहकार समितिका महासचिव ह्वाङ योयीले भन्नु भयो ।

गत मंगलबार सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दुई छिमेकी मुलुकसँग सहकार्यका साथ आर्थिक समृद्धिको यात्रातर्फ अघि बढ्ने बताउनु भएको थियो । यस्तै, पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल दुई ठूला देशबीचको आर्थिक नाका बन्नुपर्ने बताउनु भएको थियो ।

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पटक–पटक नेपाल दुई छिमेकी मुलुकबीचको गतिशील पुल बन्नुपर्ने बताउँदै आउनु भएको छ । डा. भट्टराईले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ नभई दुई अर्थतन्त्रबीचको गतिशील पुलका रूपमा विकास गर्ने अवधारणा अघि सार्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ