काठमाडौँ, ६ माघ ।
नेपाल कला परिषद्मा बुधवारबाट सुरु भएको ‘चीनको सौन्दर्य’शीर्षकमा तस्बिरहरुको प्रदर्शनी आजपनि जारी छ ।
नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद् र चाइना फोटोग्राफर्स एसोसिएसनद्वारा आयोजित प्रदर्शनीमा चीनको प्रकृति, संस्कृति, जनजीवन, जनावर, विकासको वैभव, ऐतिहासिक सहर आदि गरी चीनका ४० फोटोग्राफरका ४० तस्बिर राखिएका छन् ।
हिउँले ढाकिएका वनस्पति, फर्बिडन सिटी, पान्डा, चिरिएको हिमाली भूभाग, मध्य युयान वंशको पुरानो घरको तस्वीर पनि छन् ।
प्रदर्शनी आगामि माघ १० गतेसम्म चल्ने छ । आयोजक एसोसिएसनका अध्यक्ष लि युले फोटोग्राफीको साझा भाषाका माध्यमबाट आपसमा समझदारी बढाउन र मित्रतालाई अझ प्रबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline