काठमाडौ ५ माघ ।
मधेशी मोर्चा आवद्ध दल तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले आफूहरुसँग कुनै सल्लाहै नगरी स्थानीय निकाय पुनःसंरचना आयोगले प्रतिवेदन तयार गरेको आरोप लगाउनुभएको छ ।
दसौँ मधेस बलिदानी दिवसका अवसरमा मोर्चाले आज सिरहाको लहानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले मधेसलाई कमजोर बनाउने नियतले स्थानीय निकाय पुनःसंरचनाको खाका आएको आरोप लगाउनु भयो ।
यादवले आयोगको प्रतिवेदन मधेस र मधेसी जनताको भावना विपरीत आएको भन्दै प्रतिवेदन फिर्ता लिन आयोगसँग माग समेत गर्नुभएको छ ।
उहाँले संविधान संशोधन गरी मोर्चाको माग सम्बोधन नभए सम्म आफूहरु निर्वाचनमा नजाने स्पष्ट पार्नुभयो
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline