चालु आर्थिक वर्षको ६ महिना अवाधिमा साढे तीन अर्ब राजस्व संकलन

चालु आर्थिक वर्षको ६ महिना अवाधिमा साढे तीन अर्ब राजस्व संकलन

  • बुधबार, माघ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौ ५ माघ ।  

चालु आर्थिक वर्ष सुरु भएदेखि आन्तरिक राजस्व कार्यालय पोखराले रु तीन अर्ब ३४ करोड ५२ लाख राजस्व संकलन गरेको छ । गत साउनदेखि पौष मसान्त सम्ममा उक्त परिमाणमा राजस्व रकमल संकलन गरेको कार्यलयले जनाएको छ ।

यस अवधिमा कार्यालयले रु दुई अर्ब ६५ करोड १९ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले अन्तारिक शुल्कतर्फ रु एक अर्ब ६० करोड ५६ लाख तथा आयकरतर्फ रु ९९ करोड ७५ लाख राजस्व संकलन गरेको छ ।

यस्तै मूल्यअभिवृद्धि करतर्फ रु ४९ करोड ४३ लाख, घर भाडा करतर्फ रु आठ करोड २९ लाख, स्वास्थ्य सेवा करतर्फ रु चार करोड पाँच लाख तथा शिक्षा सेवा करतर्फ रु दुई करोड ४० लाख राजस्व संकलन गरेको कार्यालयका सूचना अधिकारी विजय लामिछानेले जानकारी दिनुभयो ।

आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत गण्डकी र धवलागिरि अञ्चलका १० जिल्लामा एक लाख ११ हजार ५०० करदाता रहेका छन् । ६९ हजार ८०० करदातासँग व्यावसायिक स्थायी लेखा नम्बर र ४१ हजार ७०० सँग व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाता रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी