कार्कीले गरेका काम कारबाहीबारे छानबिन गर्न उपसमिति गठन

कार्कीले गरेका काम कारबाहीबारे छानबिन गर्न उपसमिति गठन

  • बुधबार, माघ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ ५ माघ ।  

संसद्को महाभियोग सिफारिस समितिले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीले अख्तियार प्रमुखमा रहँदा गरेको काम कारवाही छानबिनका लागि ३ सदस्यीय उपसमिति गठन गरेको छ ।

सिंहदरबारस्थित समिति कार्यलयमा बसेको आज बसेको बैठकले काकीले अख्तियार प्रमुख रहेका समय गरेका काम कारबाहीबारे छानबिन गर्ने निर्णय गरेको हो । छानबिनका लागि उपसमितिलाई १५ दिनको समय दिइएको छ ।

उपसमितिमा रामनारायण विँडारी, रेवतीरमण भण्डारी र दीपकप्रसाद कुइँकेल रहेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखका रूपमा काम गर्दा कार्कीले पदीय आचरण विपरीत तथा संविधानको भावनाका विरुद्धमा काम गरेको भन्दै महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।

महाअभियोग प्रस्तावमा सांसदहरुले किटानी गरिएका आरोपहरुबारे उपसमितिले छानबिन गर्ने समितिका सदस्य भण्डारीले जानकारी दिनुभयो ।

यसअघि कानुनी क्षेत्रका उच्च सरकारी अधिकारीसँग छलफल समितिले सर्वोच्चले अयोग्य ठहर गरेपछि कार्की पदमुक्त भइसकेको भन्दै अब कार्कीले गरेका अनियमिताबारे मात्र छानविन गर्ने निष्कर्ष निकालेको छ ।

लामो छलफलपछि सदनले प्रस्ताव अघि बढाउन महाभियोग सिफारिस समितिमा पठाएको थियो । समितिमा प्रस्ताव पुगेकै दिन सर्वाेच्च अदालतले कार्की प्रमुख आयुक्त हुन योग्यता नपुगेको निर्णय सुनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ