त्रिशुली नदीमा ट्याङ्कर खस्यो : एक बेपत्ता, एकको उद्धार

त्रिशुली नदीमा ट्याङ्कर खस्यो : एक बेपत्ता, एकको उद्धार

  • बुधबार, माघ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ ५ माघ ।  

गएराति त्रिशूली नदीमा ट्याङकर खस्दा एक जना बेपत्ता भएका छन् । ना ४ ख ४१४३ नम्बरको पेट्रोल बोक्ने ट्याङकर चितवनको चण्डिभञ्याङ–५ बाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।

चालकसहितको ट्याङकर गएराति करिब १२ बजे सडकबाट ८० मिटर तल त्रिशूलीमा खसेको हो । सो क्रममा ट्याङकर चालक बारा अम्लेखगन्जका उमेश तामाङ बेपत्ता भएका छन् । ट्याङकरका परिचालक २० वर्षीय प्रदिप लामाको भने उद्धार गरिएको छ ।

घाइते अवस्थामा भेटिएका लामाको उपचारका लागि भरतपुर पठाइएको छ । त्रिशूलीमा हराइरहेका चालक तामाङ र ट्याङकरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ