इन्टरपोलको सम्मेलन आज देखि राजधानीमा हुदै

इन्टरपोलको सम्मेलन आज देखि राजधानीमा हुदै

  • बुधबार, माघ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमान्डौ माघ ५ ।
राजधानीमा तीन दिने अन्तराष्टिय प्रहरी संगठन इन्टरपोलको एसिय प्रशान्त क्षेत्रीय सम्मेलन आज देखि सुरु हुदै छ ।

करिब २७ वर्ष पछि राजधानीमा हुन लागेको सम्मेलन होटल ह्यात रेजेन्सीमा हुने छ । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका केही गृहमन्त्री र ५५ देशका प्रहरी प्रमुख सहित २ सय ५० जना भन्दा बढीको सहभागिता हुने बताइएको छ ।

सम्मेलनमा अन्य विभिन्न सम्बन्धित संघ संस्थाहरुले पनि सहभागिता जनाउने नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एआइजी विज्ञानराज शर्माले जानकारी दिनु भयो ।

उक्त सम्मेलनमा मानव बेचविखन, बालबालिका विरुद्ध हुने अपराध, सीमा सुरक्षा व्यवस्थपन, सम्मावर्ती अपराधहरु, अन्तराष्टिय आतंकवाद, सइबर अपराध, वन्यजन्तु लगायतका विषयमा छलफल हुने छ । सम्मेलनमा छलफल गरिने मुख्य एजेन्डाहरु इन्टरपोलका महासचिवले तय गर्ने व्यवस्था रहेको छ ।

तीन दिने सम्मेलनलाई सफल बनाउनका लागि अपराध विभागका प्रमुख एआइजी शर्माको नेतृत्वमा सात सदस्यीय मूल समिति समेत गठन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ