काठमान्डौ माघ ५।
पोखरामा जारी १५ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय टोली एपिएफले धरानको फुटबल क्लबको सामना गर्ने छ ।
जीत आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल पोखरा रंगशालामा दिउसो हुने छ । प्रतियोगितामा अमेरिका, भारत, बंगलादेश र नेपाली टोली सहित १२ टोलीले सहभागिता जनाएका छन् ।
यस अघि हिजो भएको आयोजक सहारा क्लबले विजयी सुरुवात गरेको छ । उसले सुदूरपश्चिम ११ स्पोर्टिङ क्लबलाई ४–० गोेल अन्तरले पराजित गर्दै क्वाटरफाइनमा प्रवेश गरेको छ ।
प्रतियोगिताको विजेता टोलीले पाँच लाख एक हजार नगद तथा उपविजेताले दुई लाख ५१ हजार नगद प्राप्त गर्ने छन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने छ । यस्तै बेस्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइने छ । प्रतियोगिता आगामी माघ १५ गते सम्म सञ्चालन हुने छ ।