काठमाडौ ४ माघ ।
धनुषामा आज ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका–१ इनर्वास्थित धनुषाधाम सडकखण्डमा ज १ त २६५९ नम्बरको ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २० फिट तल खसेको थियो ।
मृत्यु हुनेमा ट्रयाक्टर चालक धनुषाधाम नगरपालिका–१ का श्रीनारायण सदा र सोही ट्रयाक्टरमा सवार सिरहा गोलबजारका निजनी खातुन र उनको डेढ वर्षीय छोरा सेहन खातुन रहेको धनुषा प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline