काठमाडौ ४ माघ ।
राजधानीमा सम्पन्न रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा त्रिभूवन आर्मीलाई चार विकेटले पराजित गर्दै पराजित गर्दै पुलिसले उपाधि कब्जा गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४२ रनको योगफल बनायो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ४०, राजेश पुलामीले ३८, नरेश बुढाऐरले २८, अनिल मण्डलले १५ तथा सोमपाल कामीले नटआउट १५ रन जोडे ।
१४३ रनको लक्ष्य पछ्याउदै जवाफी ब्यटिङमा उत्रिएको पुलिसले १९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रनको योगदान दिए । त्यस्तै, कुशल भूर्तेलले नट आउट ३४, दिलीप नाथले २४ तथा योगेन्द्रसिंह कार्कीले ११ रन जोडे ।
आर्मीलाई १४२ रनमा समेट्ने क्रममा पुलिसका ललितसिंह भण्डारी र कुशल भूर्तेलले समान दुई–दुई विकेट लिए भने मञ्जित श्रेष्ठ र ललित राजवंशीले समान एक–एक विकेट हात पारे ।
आर्मीका जीतेन्द्र मुखिया र विक्रम सोबले समान दुई÷दुई विकेट लिएका थिए । उपाधिसँगै पुलिसले रु तीन लाख नगद हात पारेको छ भने उपविजेतामा सीमित आर्मीले रु दुई लाख नगद प्राप्त ग¥यो ।
काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको आयोजना भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको थियो ।