पोखरा माघ ४ । आयोजक सहारा क्लबले १५औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ ।
आज पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सहाराले सुदूरपश्चिम–११ स्पोर्टिङ क्लबलाई ४–० ले हराउँदै क्वार्टरफाइनलमा ठाउँ बनाएको हो ।
एकतर्फी खेल खेलेको सहाराका लागि मार्टिन्सले २ तथा पिटर र रिचर्ड पुनले एक–एक गोल गरे ।
विजयी सहाराले क्वार्टरफाइनलमा युनाइटेड सिक्किम, भारतसँग खेल्नेछ । युनाइटेड सिक्किम, बंगलादेशी क्लब, त्रिभुवन आर्मी र मनाङ–मर्स्याङ्दीले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline