एनसेलको कर असुलबारे निर्णय गर्न बसेको लेखा समितिको बैठक बिना निष्कर्ष सकियो

एनसेलको कर असुलबारे निर्णय गर्न बसेको लेखा समितिको बैठक बिना निष्कर्ष सकियो

  • मङ्लबार, माघ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ४ माघ ।  

एनसेलको कर असुली सम्बन्धमा छलफल गर्न बसेको संसदको सार्वजनिक लेखा समितिको आजको बैठक बिना निष्कर्ष सकिएको छ । आजको बैठकलले कर असुल गरेपछि मात्र गरेपछि मात्र एनसेललाई फोरजी सेवा चलाउन दिने निर्णय गर्ने तयारी थियो ।

सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरुले कर असुल नगरी फोरजी सेवाको अनुमति दिन नहुने माग गरेपनि बैठकले यस सम्बन्धी ठोस निर्णय भने गर्न सकेन । बैठकमा बोल्ने अधिकांश सांसदहरुले एनसेलबाट कर असुलेपछि मात्र फोरजी सेवाको अनुमति दिनुपर्ने धारणा राखेका थिए ।

एनसेलको कर र फोरजीका विषयमा थप अध्ययन र छलफल गर्नुपर्ने भन्दै बैठक अर्को मिति तय नभएसम्मका लागि स्थगित भएको बैठकको अध्यक्षता गर्नुभएका जेष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लले जानकारी दिनुभयो ।

बैठकले २०६८ साल पुस २५ गते लेखा समितिले गरेको निर्णय र निर्देशनको कार्यान्वयनका अवस्थाबारे भने सूचना तथा सञ्चार मन्त्रालयसँग प्रगति माग गर्ने निर्णय गरेको छ ।

दुईदिन अघिमात्र लेखा समितिले अर्थ मन्त्रालय र त्यस सम्बद्ध अधिकारीलाई बोलाएर तीन महिनाभित्र एनसेलबाट असुल्नु पर्ने पूँजीगत लाभकर उठाउन निर्देशन दिएको थियो ।

बैठकमा सांसदहरुले कर असुल नभई सरकारले टेलिकमलाई फोरजी सेवा दिन लागेको भन्दै विरोध गरेपछि त्यस सम्बन्धी छलफल गर्न आज बैठक बोलाएको हो ।

गत वर्ष एनसेलबाट युरोपेली कम्पनी टेलियाले आफ्नो ८० प्रतिशत सेयर मलेसियन आजियाटालाई बिक्री गर्दा लाग्ने पूँजीगत लाभकर छल्न खोजेपछिको विवाद अहिलेसम्म टुङ्गिएको छैन ।

एनसेलले कुल ३३ अर्ब रुपैयाँ लाभकर बुझाउनु पर्ने देखिएको कर निर्धारणमा सम्लग्न सरकारी अधिकारीहरुले बताउँदै आएका छन् । अग्रिम कर बापत टेलियाका तर्फबाट भन्दै एनसेलले करिब १० अर्ब रुपैयाँ बुझाए पनि बाँकी रकम भने हालसम्म बुझाएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी