काठमाडौ ४ माघ ।
भारतीय राजदूत रणजीत रायल भारतले आफ्नो विकाससँगै छिमेकीको पनि विकास भएको हेर्न चाहेको बताउनु भएको छ । राजदूत रायले वर्तमान समय विकासले तीव्र गति लिनुपर्ने समय भएको भन्दै भारत आफ्नो विकासको गतिमा नेपाललाई पनि साथ लिएर जान चाहेको बताउनु भयो ।
भारतीय दूताबास, विकासफण्डको आर्थिक लागतमा निर्मित नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालको ओपिडी, जनरल वार्ड र डाक्र्टस क्वाटरको शिलन्यास गर्दै रायले यस्तो बताउनु भएको हो ।
युवामा गरेको लगानीले नै मुलुकको विकास हुने भन्दै उहाले युवाको शिक्षा र स्वास्थ्यमा लगानी गर्दै उनीहरुलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु पर्नेमा जोड दिनुभयो । रायले गरिबी र पछयौटेपन दुबै मुलुकको विकासको बाधक भएकायसको निर्मुल पार्न भारत सहकार्यका साथ अघि बढ्न तयार रहेको धारणा राख्नुभयो ।
नेपालमा आँखा स्वास्थ्यको क्षेत्रमा हरेक वर्ष ५ करोड रुपैयाँको विकास बजेट सहयोग गर्दै आएकोमा यस वर्षदेखि कान र मधुमेह रोग निदानको लागि पनि सहयोग थपेको भारतीय राजदूत रायले जानकारी गराउनु भएको छ ।
यस्तै उहाँले नेपालको उर्जा क्षेत्रमा पनि भारतले ठूलो मात्रामा लगानी गर्न थालेको भन्दै अहिले उर्जा संकट रहेकाले भारतबाट ५ सय मेगावाटसम्म विद्युत सप्लाई भएपनि भारतीय लगानीको अपरकर्णाली, पञ्चेश्वर र अरुण तेस्रो बनेपछि नेपालबाट भारत विद्युुत जानेमा ढुक्क रहेको बताउनु भयो ।