काठमाडौ ४ माघ ।
परराष्ट्रमन्त्री प्रकाशशरण महत र भारतीय विदेश राज्यमन्त्री भीके सिंहबीच आज दिल्लीमा भेटवार्ता भएको छ ।
भारतको एक थिंकट्यांकले आयोजना गरेको सम्मेलनमा सहभागी हुन दिल्ली जानु भएका परराष्ट्र महत सिंहबीच दिल्लीमा भेटवार्ता भएको हो ।
भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध तथा सहयोगका विषयमा कुराकानी भएको जनाएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज विरामी भएका कारण मन्त्रालय आउउनु भएको छैन ।
भ्रमणका क्रममा मन्त्री महतले पुराना ५ सय र हजारका नोट सटही र नयाँ २ हजारको नोटको नेपालमा कारोबारका लागि भारतीय पक्षसँग कुराकानी गर्ने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline