काठमाडौ ४ माघ ।
सातौ राष्ट्रिय पुरुष तथा दोस्रो राष्ट्रिय महिला हक्की प्रतियोगिता चैत १४ देखि १९ गतेसम्म जनकपुरमा हुने भएको छ । नेपाल हक्की सङ्घ तथा अन्य सङ्घ संस्थाको सहयोगमा जनकपुरको रङ्गभूमि मैदानमा प्रतियोगिता हुने जनाइएको छ ।
प्रतियोगितामा पुरुष तर्फ नेपालको पाँच विकास क्षेत्रका पाँचवटा टोली र नेपाली सेनाको गरी ६ वटा टोली सहभागी हुनेछन् भने महिलातर्फ चारवटा क्षेत्रीय टोली र नेपाली सेनाको महिला टोली गरी पाँच टीमको सहभागिता रहने जनाइएको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगिताको तयारी तीव्र पारिएको धनुषा हक्की सङ्घका उपाध्यक्ष अमित झाले जानकारी दिएका छन् ।
धनुुषामा यसअघि स्थानीयस्तरमा चारवटा हक्कीे प्रतियोगिता भइसकेपनि राष्ट्रिय स्तरमा भने पहिलो पटक हुन लागेको आयोजकले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline