काठमाडौं, माघ ४।
धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते भएका मध्ये दुई जनाको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ खैरेनी–९ का ४५ वर्षीय माधवप्रसाद अधिकारी र खान्ने–५ का २५ वर्षीय सन्तोष जम्मरकट्टेल रहेका छन् । उनीहरुको राजधानीको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रमा सेन्टरमा अन्य १७ जना घाइतेको उपचार भइरहेको छ । यस्तै दुई जना घाइतेको धादिङमा नै उपचार भइरहेको छ ।
हिजो बेलुका सरदमुकाम धादिङबेसीबाट खाल्टे गाविसको फ्याक्सेका लागि छुटेको बा ३ ख ८२६३ नम्बरको बस दुर्घटनामा परेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline