आहा रारा फुटबल आजदेखि पोखरामा हुदै

आहा रारा फुटबल आजदेखि पोखरामा हुदै

  • मङ्लबार, माघ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमान्डौ माघ ४।
आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १५ औँ संस्करण आज देखि पोखरामा सुरु हुदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आज सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब र आयोजक सहाराविच प्रतिस्पर्धा हुने छ ।

यी दुइ टोली विचको खेल पोखरा रंगशालामा दिउसो हुने छ । प्रतियोगितामा अमेरिका, भारत, बंगलादेश र नेपाली टोली सहित १२ टोलीले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेता टोलीले पाँच लाख एक हजार एक नगद तथो उपविजेताले दुई लाख ५१ हजार एक सहित सिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने छ । यस्तै बेस्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइने छ । प्रतियोगिता आगामी माघ १५ गते सम्म सञ्चालन हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी