काठमाडौ ३ माघ ।
धादिङको पतेनीमा यात्रुबाहक बस दुर्घटना हुँदा १५ यात्रु गम्भीर घाइते भएका छन् । सदरमुकाम धादिङबेशीबाट खाल्टे तर्फ जाँदै गरेको यात्रुबस आज साँझ करिब ६ बजे दुर्घटना भएको हो ।
बस सडकबाट करिब २ सय मिटर तल खसेको स्थानीय शिक्षक विष्णु ढुंगानाले जानकारी दिए । घटनास्थलमा स्थानीयले उद्धार गरिरहेका छन् ।
घाइतेहरुको उद्धारमा जिल्ला सदरमुकाम धादिङ बेशीबाट ६ वटा एम्बुलेन्स पुगेको जनाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline