राष्ट्रपतिकी छोरीको बिहेमा कोमललाई अन्माएको सम्झिएर भावुक बने पूर्व राजा ज्ञानेन्द्र

राष्ट्रपतिकी छोरीको बिहेमा कोमललाई अन्माएको सम्झिएर भावुक बने पूर्व राजा ज्ञानेन्द्र

  • सोमवार, माघ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ ,३ पुस ।
राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारी र इन्जिनियर अभिषेक यादवको शुभ विवाह आज सम्पन्न भएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा अभिषेकलाई भण्डारीले बिहान १० बजे स्वयम्वरको माला लगाइदिएकी थिईन ।

विवाह समारोहका लागि दुलहा आफ्ना पिता इन्जिनियर मुनीलाल, माता सांसद किरण यादवलगायत आफन्तका साथ शीतल निवास पुगेका थिए ।

विवाहमा निम्तो मान्न शीतलनिवास पुगेका पूर्वराजा ज्ञानेन्द्रले ५० वर्ष पहिलेको आफ्नै विवाहको सम्झना आएको प्रतिक्रिया दिए ।

शीतल निवास त्यही ठाउँबाट उनले कोमललाई बिहे गरेर पत्नी बनाएका थिए । नव दुलाहा(दुलहीलाई शुभकामना दिएर पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पशुपति समसेर जवरा, कमल थापा, गणेश थापा लगायतका नेताहरुसँग चिया पिउने क्रममा पूर्वराजाले आफ्नो विवाहको सम्झना सुनाएका हुन् ।

 

 

चन्द्रसमशेरका छोरा कृष्णसमशेर जबराको घर शीतलनिवास स्वेच्छाले नेपाल सरकारलाई दिएका थिए । त्यसपछि यो ठाउँलाई केही समय परराष्ट्र मन्त्रालय अन्तरगत विदेशीहरुको पाहुना घरका रुपमा पनि प्रयोग गर्ने गरिएको थियो ।

यो भवनमा केही समय भारतीय दूतावाससमेत बसेको थियो ।

अतिथिहरुको शिष्टाचार भेटघाटमा समेत प्रयोग गरिएको यो घरबाट राजा महाराजाहरुले आफ्ना छोरा(छोरीको बिहे गराउने गरेकोमा पूर्वराजा ज्ञानेन्द्र र कोमलको विवाह पनि सोहि भवनबाट भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ