गुठि प्रसौनीका जेष्ठ नागरिकलाई सम्मान

गुठि प्रसौनीका जेष्ठ नागरिकलाई सम्मान

  • सोमवार, माघ ३, २०७३
  • रबिन्द्र यादव

  • 6.8K
    SHARES

माघ ३ , नवलपरासी ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवारले अहिलेको पुस्ताले जेष्ठ नागरिकको अनुभववाट लाभ लिनु पर्ने बताउनु भएको छ ।

जेष्ठ नागरिकहरु अनुभवको खानी भएकाले उनिहरुको हेरचाह र सम्मान गर्न आवश्यक रहेकोमा उँहाले जोड दिनुभयो ।

जेष्ठ नागरिक सम्मान कार्यक्रम आज गूठीप्रसौनी गाबिसको वार्ड न.७ पिपरपातीमा सम्बोधन गर्दै नेता कलवारले यस्तो बताउनु भएको हो ।

सघर्ष युवा क्लब गूठीप्रसौनी ७ पिपरपातीको आयोजनामा र गूठीप्रसौनी गाबिस कार्यालयको आर्थिक सहयोगमा भएको कार्यक्रममा १६७ जना जेष्ठ नागरिक हरुलाई दो सल्ला ओदाई सम्मान गरिएको थियोे । कार्यक्रम सघर्स युवा क्लबका सल्लाहकार सुरेश बडईको अध्यक्षता र सांसद कलवारको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

गाबिसको जेष्ठ नागरिक लक्षित बजेटवाट सम्मान गरिएको गाबिस सचिव घनश्याम ज्ञवालीले बताउनु भयो । सो सम्मान कार्यक्रममा क्लबका अध्यक्ष सन्तोष राजभर,कन्हैया हरिजन,छेदी कुशवाहा,सुदामा कोईरी,राम प्रसाद पाल र क्लबका सचिव हरिलाल बिश्वकर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ