सरकाले आफूलाई बदनियतपूर्ण ढङ्गले हटाएको भन्दै ज्ञवालीद्धारा सर्बोच्चमा रिट दायर

सरकाले आफूलाई बदनियतपूर्ण ढङ्गले हटाएको भन्दै ज्ञवालीद्धारा सर्बोच्चमा रिट दायर

  • सोमवार, माघ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, ३ माघ ।  

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा पुनःबहालीको माग गरी सुशील ज्ञवालीले आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

ज्ञवालीले गैरकानुनी र बदनियतपूर्ण रुपमा आफूलाई हटाइएको जिकिर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद्, प्रधानमन्त्री र डा गोविन्दराज पोखरेललाई समेत विपक्षी बनाई रिट निवेदन दायर गर्नुभएको हो ।

निवेदनमा आफूलाई हटाउने र डा पोखरेललाई नियुक्त गर्ने काम गैरकानुनी भएको जनाई अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्नुभएके छ । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐनमा प्रमुख कार्यकारी अधिकृतको पद ५ वर्षको हुने र आफूलाई सोही प्रावधान अनुसार नियुक्त गरिएको दलील ज्ञवालीले रिटमा पेश गर्नुभएको छ ।

आफूलाई हटाउने निर्णय आफ्नो कार्य सम्पादनसँग भन्दा पनि विपक्षीको पूर्व सहमति र योजनाको कार्यान्वयन मात्र भएको भन्ने कुरा स्पष्ट भएको जिकिर ज्ञवालीले रिटमा गर्नुभएको छ ।

आफ्नो नेतृत्वमा प्राधिकरणले गरेका पुनःनिर्माणसम्बन्धी समन्वयात्मक कार्यको तथ्यपरक र विस्तृत रुपमा नै पहिलो र दोस्रो स्पष्टीकरणमा उल्लेख गरिसकेकामा र त्यसको कुनै अध्ययन विश्लेषण नै नगरी समन्वय गर्न नसकेको भनी डा पोखरेललाई नियुक्ति गर्ने विपक्षीको निर्णय आफ्नो कार्य सम्पादनसँग भन्दा पनि विपक्षीको पूर्वसहमति र योजनाको कार्यान्वयन मात्र भएको’ भन्ने कुरा निवेदनमा उल्लेख गरिएको छ ।

गत पुस २७ गतेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई हटाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ