महोत्तरीमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

महोत्तरीमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

  • सोमवार, माघ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ ३ माघ ।  

महोत्तरीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गौशाला नगरपालिका–७ हनुमानचोक ट्याक्टरको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भरतपुर ४ का ५५ वर्षीय रामवृक्ष भगत रहेका छन् । ज १ त १९५१ नम्बरको ट्याक्टरले मरहा खोलाबाट ढुङ्गा बोकी गौशाला बजारतिर आउँदै गरेका पैदाल यात्रीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट भगतको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुुभयो । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ