स्थानीय निर्वाचन सफल बनाउन पर्साका प्रमुखलाई निर्देशन

स्थानीय निर्वाचन सफल बनाउन पर्साका प्रमुखलाई निर्देशन

  • सोमवार, माघ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

वीरगन्ज, ३ माघ ।
कार्यबाहक प्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन प्रक्रिया अगाडि बढिसकेकाले जुनसुकै बेला स्थानीय निकाय निर्वाचनका घोषणा हुनसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले स्थानीय निकायको निर्वाचन सफल बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

आर्थिक कारोबारका लागि वीरगन्ज राष्ट्रियस्तरमा महत्वपूर्ण भएकाले सो क्षेत्रमा भईरहेका विकासका कामलाई दु्रत गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री निधिले पुँजीगत खर्च भएन भन्ने विषय बारम्बार मन्त्रिपरिषद्को बैठकमा उठ्ने गरेकाले पुँजीगत खर्चमा वृद्धि गरी राजस्व वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले एउटै प्रज्ञापनपत्रमा व्यापारीहरुले पटकपटक सामान आयात गर्ने गरेकाले सम्बन्धित निकायले यस्तो कार्यलाई रोक्नुपर्ने बताउनुभयो ।

यसअघि मन्त्री निधिले मध्यमाञ्चलका सुरक्षा निकायका प्रमुखहरुसँग सुरक्षास्थितिबारे जानकारी दिँदै सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन पनि निर्देशन दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ