रेडियो नारायणीमा आगलागी, करिब १५ लाख बराबरको क्षति

रेडियो नारायणीमा आगलागी, करिब १५ लाख बराबरको क्षति

  • सोमवार, माघ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

चितवन, माघ ३ ।
चितवनको भरतपुरस्थित सामुदायिक रेडियो ‘रेडियो नारायणी’मा आगलागी भएको छ । भरतपुरको बुद्धचोकबाट सञ्चालनमा रहेको रेडियोमा गएराति विद्युत् सर्ट भई आगलागी भएको बताइएको छ ।

उक्त रेडियोको युपिएस ब्याट्रीसेट, कन्भर्टर, ट्रान्समिटर लगायतमा क्षति पुगेको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिनु भयो । क्षतिको मूल्याङ्कन गर्न बाँकी रहेको रेडियोले जनाएको छ ।

आगलागिबाट भएको क्षतिको मूल्यांकन भइनसके पनि करिब १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको बताइएको छ । आगलागीपछि रेडियोको प्रसारण गएरातिदेखि नै बन्द भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ