रियलको अपराजित यात्रामा पूर्णविराम,सेभिल्लासँग २–१ ले पराजित

रियलको अपराजित यात्रामा पूर्णविराम,सेभिल्लासँग २–१ ले पराजित

  • सोमवार, माघ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी,माघ ३।

स्पेनिस ला लिगा अन्तर्गतको ४० खेलमा अपराजित रहेर कीर्तिमानी बनाएको रियल मड्रिडको अपराजित यात्रा टुंगिएको छ ।

सेभिल्लाको मैदानमा गएराति भएको खेलमा रियल मड्रिड सेभिल्लासँग २–१ ले पराजित भएसँगै रियलको अपराजित यात्रामा पूर्णविराम लागेको हो।

पहिलो हाफमा गोल रहित बराबरीमा रोकिए पनि खेलको ६७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडलाई अग्रता दिलाए । तर ८४ औं मिनेटमा सर्जियो रामोसले आत्माघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो ।

यसपछि ईन्जुरी समयमा सेभिल्लाका जोभेटिचले एक गोल थप्दै टोलीलाई विजयी गराएका हुन् । जितसँगै सेभिल्ला १८ खेलबाट ३९ अंकसहित बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ४० अंक छ । तेस्रो स्थानमा झरेको बार्सिलोनाको १८ खेलबाट ३८ अंक छ ।

गएराति भएका अन्य खेलमा भ्यालेन्सियाले स्पानियोललाई २–१, सेल्टा डि भिगोले एलाभेसलाई १–० तथा एइबरले स्पोर्टिङ गिजोनलाई ३–२ ले पराजित गरेको छ । ग्रनाडा र ओसासुनाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी