जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा तीन हजार नौ सय बढी मतदाताको नम दर्ता

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा तीन हजार नौ सय बढी मतदाताको नम दर्ता

  • सोमवार, माघ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ ३ माघ ।  

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली सङ्कलन र अद्यावधिकको कार्यक्रम अन्तर्गत तीन हजार नौ सय ७० जना मतदाताले नाम दर्ता गरेका छन् ।

एक महिनासम्म सञ्चालन हुने नामावली सङ्कलन तथा अद्यावधिक कार्य आठवटै नगरपालिकाका एक सय दुई वडासहित चार गाविसमा जिल्ला एकै साथ सुरु गरेको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

हाल ५३ वटा केन्द्रमा नामावली सङ्कलन र अद्यावधिक कार्य भइरहेको निर्वाचन कार्यालयका लेखापाल हरिलाल भट्टले बताउनुभयो । निर्वाचन कार्यालयले निर्धारण गरेका एक सय छ निर्वाचन केन्द्र मध्ये ६३ केन्द्रमा हालसम्म एक हजार नौ सय १६ महिला र दुई हजार ५४ पुरुषले नाम दर्ता गराएका छन् ।

नगरपालिकाको प्रत्येक वडा र गाविसमा केन्द्र निर्धारण गरी मतदाता नामावली सम्बन्धी ऐन, २०६३ को दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेका व्यक्तिको फोटो सहितको नामावलीमा नाम समावेश गर्ने, नाम सार्ने, हटाउने र सङ्कलन भएको नामावलीमा भएको त्रुटि सच्याउने लगायतका कार्य भइरहेको निर्वाचन कार्यालयका लेखापाल भट्टले बताउनुभयो ।

नामावली सङ्कलन र अद्यावधिकका लागि निर्वाचन कार्यालयले सातवटा टोलीलाई परिचालन गरेको छ । पुस १० गतेदेखि परिचालित टोलीले यही माघ १२ गतेसम्म नामावली सङ्कलन र अद्यावधिको कार्य गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ