म्यान्चेस्टर सीटी उपाधि होडबाट बाहिरीयो,एभर्टनसँग ४–० पराजित

म्यान्चेस्टर सीटी उपाधि होडबाट बाहिरीयो,एभर्टनसँग ४–० पराजित

  • सोमवार, माघ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी,माघ ३।
इंग्लिस प्रिमियर लिग अन्तर्गतको गएराति भएको खेलमा म्यानचेस्टर सिटी पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा उपाधि होडमा रहेको म्यानचेस्टर सिटीलाई एभर्टनले म्यानचेस्टर सिटीलाई ४–० ले हराएको हो ।

एभर्टनको जितमा रामेलु लुकाकु, केविन मिल्नर, टम डेविस र एडेमोला लुक म्यानले गोल गरेका हुन ।

खेलको ३४ औं मिनेटमा लुकाकुले गोल गर्दै एभर्टनलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । खेलको ४७ औं मिनेटमा मिल्नरले एभर्टनको अग्रता दोब्बर पारेका हुन् ।

७९ औं मिनेटमा डेविस तथा इन्जुरी समयमा लुकम्यानले गोल गरेपछि एभर्टनले म्यानचेस्टर सिटीलाई ४–० पराजित गरेको हो ।

हारपछि पाँचौं स्थानमा झरेको म्यानचेस्टर सिटीको २१ खेलबाट ४२ अंक छ । सिटी शीर्ष स्थानको चेल्सी भन्दा १० अंकले पछि परेको छ । ३३ अंकसहित एभर्टन सातौं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी