काठमाडौ ३ माघ ।
राजधानीमा जारी रुस्लान कप क्रिकेट प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदैछन् । किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो हुने खेलमा विभागिय टोली नेपाल पुलिस र न्यु होराइजनबीच प्रतिस्पर्धा हुनेछ ।
आजै हुने अर्को खेलमा नेपाल आर्मी र सुदूरपश्चिम सुदूरपश्चिम एकेडेमी भिड्नेछन् । हिजो भएको खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर केसिटिसीलाई ४६ रनले पराजित गर्दै सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको हो ।
खेलमा पहिले ब्याटिङ गरेको न्यु होराइजनले ५ बल बाँकी छँदा सबै विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । होराइजनका लागि निर्मल थापाले ३० तथा विक्रम भुसालले २७ रन बनाए ।
१ सय ५ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको नेपाली राइनोज ९ विकेट गुमाउदै ९६ रनमा समेटियो । राइनोजका लागि सोनु तामाङले २७ रन बनाउनु बाहेक अन्य ८ जना खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यस्तै अर्को खेलमा नेपाली राइनोजलाई ८ रनले पराजित गर्दै न्यु होराइजन प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६० रन जोडे ।
सुदूरपश्चिमका लागि राजवीर सिंहले सर्वा्िधक ६२ रनको योगदान गरे । जवाफमा १ सय ६१ रनको लक्ष्य पछ्याएको केसीटिसीले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो ।