धनकुटामा जन्ती बोकेको गाडी दुर्घटना : तीन जनाको मृत्यु, चार घाइते

धनकुटामा जन्ती बोकेको गाडी दुर्घटना : तीन जनाको मृत्यु, चार घाइते

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौ २ माघ । 
धनकुटामा आज भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । जिल्लाको फाक्सिव गाविस– ८ बाट विवाहको जन्ती लिएर भेडेटारतर्फ आउँदै गरेको को १ च ८१८ नम्बरको भ्यान सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा भेडेटारका सुनील मगर, विक्रम मगर र मिलन मगर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीपराज राजभण्डारीले जानकारी दिनुभयो ।

तीनैजनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घाइतेहरुलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ