एक लाख घुससहित नापी सर्वेक्षक पक्राउ

एक लाख घुससहित नापी सर्वेक्षक पक्राउ

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ २ माघ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी सर्वेक्षक गणेश मिश्र र लेखापढी व्यवसायी प्रमोद पाण्डेलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

आयोगले काठमाडौको टोखास्थित नापी कार्यालयका नापी सर्वेक्षक मिश्र र लेखापढी व्यवसायी पाण्डेलाई जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस रकम लिँदै गर्दा नियन्त्रणमा लिएको जनाएको छ ।

सुराकीका आधारमा खटिएको आयोगको टोलीले उनीहरुलाई सेवाग्राहीका साथबाट रु एक लाख घुस लिँदै गर्दा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो । मिश्र र पाण्डेमाथि अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ