तीन महिनाभित्र एनसेल बिक्रीको पूँजीगत लाभकर असुल्न लेखा समितिको आदेश

तीन महिनाभित्र एनसेल बिक्रीको पूँजीगत लाभकर असुल्न लेखा समितिको आदेश

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २ माघ ।  

व्यवस्थापिका संसद अन्तरगतको लेखा समितिले एनसेलको शेयर खरिद–बिक्री प्रत्रियामा भएको लाभमा लाग्ने पूँजीगत लाभकर तीन महिना भित्र असुल्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले अर्थसमितिलाई यस्तो निर्देशन दिएको हो । बैठकमा सांसदले अर्थसचिव शान्तराज सुवेदी र आन्तरिक राजस्व कार्यालयका महानिर्देशक चुडामणि शर्मालाई यसबारे प्रश्न गर्नुभएको थियो ।

अर्थसचिव सुवेदीले एनसेलको लाभकर उठाउन कार्यतालिका बनाएर काम भइरहेको र केही महिनाभित्र कर निर्धारण गरेर उठाउने गरी काम गरिरहेको जानकारी दिनुभयो ।

बैठकमा सांसदले एनसेलले तिर्नुपर्ने कर पूर्ण रुपमा नतिरेसम्म फोरजी सञ्चालन प्रक्रिया रोक्न पनि माग गरेका छन् । यस विषयमा अर्थ समितिमा पनि छलफल हुने भएको छ ।

संसदको अर्थ समितिले यसअघि नै एनसेलको पूँजीवृद्धि लगायत नयाँ योजना रोक्न निर्देशन दिएको छ भने समितिकै निर्देशनका कारण एनसेललाई फोरजी सेवा संचालन गर्न दूरसञ्चार प्राधिकरणले अनुमति दिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी