मुलुकका बिभिन्न सुख्खा क्षेत्रमा खानेपानी विशेष कार्यक्रम

मुलुकका बिभिन्न सुख्खा क्षेत्रमा खानेपानी विशेष कार्यक्रम

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडाँै, २ माघ ।  

खानेपानी तथा ढल निकास विभागले सुख्खा क्षेत्र रहेका सात जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरेको छ ।

विभागले सुख्खा डाँडामा रहेका बस्तीका जनतालाई शुद्ध खानेपानी खुवाउने उद्देश्यले सुख्खा क्षेत्र खानेपानी आयोजना सञ्चालन गरेको हो ।

जसअन्तरगत पाँचथरको यासोक र आङ्मामौवा, खोटाङको हलेसी, रामेछापको पकरबास र रामेछाप सुख्खा आयोजना, काभ्रेको तिमाल खानेपानी आयोजना, पाल्पाको कालीगण्डकी लिफ्ट खानेपानी आयोजना, गोरखाको दरौँदी लिफ्ट खानेपानी आयोजना र सुर्खेतको भेरी लिफ्ट खानेपानी आयोजना सञ्चालन गरिएको छ ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सन् २०१७ को अन्त्यसम्म सबै नेपालीको घर घरमा शुद्ध खानेपानी पु¥याउने योजनानुसार मन्त्रालयले काम अगाडि बढाएको विभागका उपसचिव अरुणकुमार सिंखडाले बताउनु भयो ।

सुख्खा क्षेत्रका बासिन्दालाई नदीको पानी मोटरबाट पानी तानेर प्रशोधन गरी खुवाउन सो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

विभागले सुख्खा क्षेत्र खानेपानी आयोजना कार्यक्रमका लागि रु ६० करोड ९८ लाख विनियोजन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ