आहा रारा फुटबल प्रतियोगितामा अमेरीकी सहित १२ टोली सहभागी हुने

आहा रारा फुटबल प्रतियोगितामा अमेरीकी सहित १२ टोली सहभागी हुने

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

पोखरा, २ माघ ।  

पोखरामा हुने १५ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा अमेरिकाको एक सहित १२ टोलीले सहभागिता जनाउने भएका छन् ।

आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलनको आयोजना गरि अमेरिकाको अना युएसए फुटबल टिम, बङ्गलादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबले भाग लिने जानकारी दिनुभयो ।

त्यस्तै आयोजक सहारा क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब, धरान फुटबल क्लब, नेपाल एपिएफ क्लब, रमपम झापा ११, सङ्कटा क्लब, नेपाल पुलिस क्लब, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ््दी क्लब र त्रिभुवन आर्मी क्लब छन् ।

प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख एक हजार एक र उपविजेताले रु दुई लाख ५१ हजार एकसहित सिल्ड, पदक र प्रमाणपत्र पाउने क्लबका महासचिव केशवराज बरालले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले नेपाल जनरल मार्के्टिङ प्रालिद्वारा प्रायोजित एक थान ड्यास हिरो स्कुटर पाउने छ । यस्तै बेस्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइने छ ।

प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकमध्ये एक जनालाई गोलाप्रथाद्वारा एक तोला सुनको सिक्का र एलजी टेलिभिजन प्रदान गरिने क्लबका अध्यक्ष वीरभद्र आचार्यले जनाएका छन् । प्रतियोगिता आगामि माघ ४ देखि १५ गतेसम्म पोखरा रङगशालामा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी