काठमाडौँ, २ माघ । संविधानविद् काशीराज दाहाल तथा प्राध्यापक रामप्रसाद दाहाललाई मातृशोक परेको छ ।
मिर्गौला पिडित उहाँकी आमा सकुन्तला दाहालको गएराति ८३ वर्षको उमेरमा निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।
मिर्गौला र श्वासप्रश्वास रोगको उपचार गराइरहनुभएकी दाहालको आफ्नै निवास रातोपुलमा स्वस्थानी कथा सुनिरहेकै अवस्थामा निधन भएको थियो ।
उहाँका तीन छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको अहिले बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline