पाल्पा भएको सवारी दुर्घटनामा दुईको मृत्यु

पाल्पा भएको सवारी दुर्घटनामा दुईको मृत्यु

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ २ माघ । 

पाल्पाको सिलुवामा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा र अन्दाजी २२ वर्षीय एक पुरुष रहेका छन् ।

दुर्घटनामा परी मृत्यु हुने पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । बुटवलबाट रामपुरतर्फ आउँदै गएको ना ४ ख ९२ १८ नम्बरको यात्रुबस गएराति करिब ११ बजे सिलुवा ४ बैछापमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका दुवै जनाको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । २४ जना यात्रु सवार बस सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ