रङ्गकर्मी फुयाँलको आज १३ दिने स्मृतिसभा गरिदै

रङ्गकर्मी फुयाँलको आज १३ दिने स्मृतिसभा गरिदै

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, १ माघ ।
राष्ट्रिय नाचघरमा नाटक अभिनय गर्दागर्दै निधन हुनुभएका वरिष्ठ रङ्गकर्मी विष्णुभक्त फुयाँलको १३ दिने स्मृतिसभा गरिनेछ ।

पाँच दशकसम्म नाटक लेखन, निर्देशन र अभिनयमा सक्रिय रहनुभएका फुयाँलको सांस्कृतिक संस्थान (नाचघर), जमलले मन्चन गरेको नाटकको अभिनयकै क्रममा यही पुस १९ गते नाचघरको रङ्गमञ्चमा निधन भएको थियो ।

कुसुम नाट्य समूहले राष्ट्रिय नाचघरमा फुयाँलको शालिक निर्माण गर्न माग गरेको छ । समुहले उहाँको स्मृतिमा रु पाँच हजार राशिको पुरस्कार स्थापनाको निर्णय गरेको छ ।

समूहले उहाँको नाममा नाट्यशालाको नामकरण गरी संस्थानकै हाताभित्र फुयाँलको अर्धकदको सालिक निर्माण गर्न सांस्कृतिक संस्थानसँग माग गरेको हो ।

फुयाँल सो नाट्य समूहका अध्यक्ष पनि हुनुहुन्थ्यो ।

समूहका संस्थापक अध्यक्ष वैकुण्ठ भण्डारीले नाटक लेखक, निर्देशक, रङ्गकर्मी, रङ्ग पत्रकारका रूपमा दुई दशकदेखि योगदान पु¥याउँदै आएका व्यक्तित्वलाई नगद रु पाँच हजार र ताम्रपत्रसहित विष्णुभक्त फुयाँल स्मृति रङ्गकर्म पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ