टोटनह्याम इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा

टोटनह्याम इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ २ माघ । 

वेष्ट ब्रोमलाई पराजित गर्दै टोटनह्याम इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गएराति सम्पन्न खेलमा टोटनह्यामले वेष्ट ब्रोमलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामका लागि ह्यारी केनले ह्याट्रिक गरे । खेलको १२ औं मिनेटमा गोल गर्दै केनले टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए । २६ औं मिनेटमा वेष्ट ब्रोमका ग्यारेथ म्याकएलीले आत्मघाती गोल गरेपछि टोटनह्यामले पहिलो हाफमा २–० को अग्रता लियो ।

७७ र ८२ औं मिनेटमा गोल गर्दै केनले ह्याट्रिक पूरा गर्दै टोटनह्यामलाई ४–० को जित दिलाए । जितपछि दोस्रो स्थानमा उक्लिएको टोटनह्यामको २१ खेलबाट ४५ अंक भएको छ ।

टोटनह्याम शीर्ष स्थानको चेल्सी भन्दा सात अंकले पछि छ भने तेस्रो स्थानको आर्सनल भन्दा एक अंकले अघि छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी